दफा १९क
निजी गुठीको लगत
(१) निजी गुठीका गुठीयारले गुठीको लगत तोकिए बमोजिमको ढाँचामा संस्थानमा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लगत प्राप्त भएपछि संस्थानले व्यक्तिगत वा पारिवारिक रूपमा र सामाजिक हितको लागि राखिएका निजी गुठीको लगत तोकिए बमोजिम छुट्टाछुट्टै राख्नु पर्नेछ ।